पर्वतको कुस्मा लक डाउन अबज्ञा गर्ने होटल सञ्चालिका पक्राउ , गाउँघरमा समेत भेला जमघट गरेर बस्नेलाई काबार्हीको तयारी

पर्वत/ पर्वतको कुस्मामा लक डाउन अबज्ञा गर्ने होटल सञ्चालिकालाई प्रहरीले पक्रेको छ ।
कुस्मा नगरपालिका वडा नं ६ धनेश्वरचोकमा सञ्चालन हुँदै आएको पर्वते नानु होटलकी सञ्चालिका नानु पुनलाई प्रहरीले पक्रेको हो ।
होटल खुल्ला राख्दै भीडभाड नगर्न अनुरोध गर्न पुगेको प्रहरी माथि अभद्र ब्यबहार गरेको र अपशब्द समेत बोलेर असहयोग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकी नानुलाई अभद्र ब्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट बुधबार म्याद थप गरि थुनामा राखिएको छ । होटल सञ्चालकलाई लक डाउन उलंघन गरेको कसुरमा समेत प्रहरीले काबार्हीको तयारी गरेको छ ।
यसैगरी लड डाउनको अबज्ञा गर्ने सर्वसाधरण, सवारी साधनलाई समेत प्रहरीले काबार्ही थालेपछि कुस्मा बुधबार सवारी साधन र पैदल हिड्ने क्रममा कमी आएको छ । गाउँमा भने खसी काट्ने चौतारीमा बस्ने क्रम नरोकिएको भनेर स्थानियबासी आतंकित भएका छन । चैत्र महिना लागेपछि बिदेशबाट फर्केकाहरुमा कारोनाको संक्रमण हुन सक्ने भएपनि उनीहरु गाउँघरमा जताततै डुलेका कारण पनि स्थानियबासी त्रसित भएका छन । गाउँमा पनि भेला नगर्न, घरमै बस्न सबैलाई आग्रह गर्दै स्थानिय जनप्रतिनिधि र प्रहरीले गरेको अनुरोधलाई बेवास्ता गर्नेहरुलाई काबार्ही गर्न सकिने पनि प्रहरीले बताएको छ।