एक सातालाई नेपाल लकडाउन : घरबाट निस्किन नपाइने, गाडी र जहाज पनि बन्द

काठमाडौं /कोरोना भाइरस रोकथासम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।
सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो । मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन। लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्। यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन्।
लकडाउनका क्रममा अनुमति लिएका मानिस र सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएकोछ। 9