नेकपा कुस्मा नगरकमिटीको संयोजनमा कुस्माका मुख्यचोकमा ब्यबस्थित हातधुने स्थल

पर्वत / नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कुस्मा नगर कमिटी पर्वतको संयोजनमा कुस्माबजारका ५ स्थानमा हातधुने ब्यबस्थित स्थल सञ्चालनमा आएका छन । कुस्मामा बाहिरबाट आउने सर्वसाधरणलाई सजिलो होस भनेर मुख्यचोकहरुमा र बसबाट ओर्लनले स्थानमा हात धुने स्थल सञ्चालनमा आएका हुन ।
नेकपा कुस्मा नगरकमिटीले कुस्माको शिबालयचोक, लोकतान्त्रिकचोक, धनेश्वरचोक, मेलमिलापचोक र बड्गाउँमा हातधुने ठाउँ बनाएको छ । हातधुने स्थानमा साबुन, ह्याण्ड वासर र पानीको ब्यबस्थापन गरिएको छ । कोरोनाको संक्रमण फैलन नपाओस र बजारमा आउनेहरुले समेत सहज रुपमा हात धुने अबस्था सृजना गर्न यस्तो ब्यबस्था गरिएको नगरकमिटीका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।


यसैबिच धनेश्वरचोकमा रहेको हातधुने स्थानको औपचारिक उद्घाटन गरि अभियानको शुरुवात गरिएको छ । प्रेस संगठन नेपालका पूर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्वतका पुर्ब अध्यक्ष दुर्गाप्रसाद शर्माले उक्त स्थलमा हात धोएर औपचारिक शुरुवात गर्नुभएको हो । कार्यक्रममा नेकपा पर्वतका कार्यालय सदस्य भक्त कुवँर, नगरकमिटी अध्यक्ष शंकर गिरी, जिल्ला सदस्य बिजयराज सापकोटा लगायतले पार्टीका कमिटीहरु पनि संकटको बेला जनचेतना र राहतका काममा जुटनु आबश्यक भएको कुरामा जोड दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’