कोरोना भाइरसविरुद्धको केन्द्रीय कोषमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले दिए एक महिनाको तलब

काठमाडौं/ नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले एक महिनाको तलब बराबरको रकम दिने भएका छन् । 



आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो । त्यही कोषमा आफ्नो एक महिनाको तलब दिने तिमिल्सिनाले घोषणा गरेका हुन् । 

साथै तिमिल्सिनाले यो कोष बनाउने सरकारको निर्णयलाई स्वागत पनि गरेका छन् । 

‘अहिले विश्वमा जुन सन्त्रास देखिएको छ, त्यसका लागि हामी सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्छ,’ तिमिल्सिनाले फरकधारसँग भने, ‘हामीले सरकारले दिएका निर्देशनहरु पालना गर्नुपर्छ, त्यसो गर्न सकेको खण्डमा मात्र हामीले कोरोना भाइरसबाट आफूलाई सुरक्षित राख्न सकिन्छ ।’

उनले यो कोषमा आफ्नो सानो सहयोगले देशमा आइ पर्न सक्ने विपत्तिविरुद्धको लडाइँलाई सामना गर्न केही हदसम्म भए पनि सहज हुने विश्वास लिएको बताए । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’