पर्वतमा आज दिउँसो २ बजेपछि अत्यावश्यक बाहेक सवै सेवा बन्द, यातायात ठप्प हुने

पर्वत/विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा आज दिउँसोदेखि सवैजसो सेवा ठप्प पारिने भएको छ ।
दिउँसो २ बजेदेखि अन्तरजिल्ला संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पुर्ण रुपमा बन्द गरिने भएको छ भने अति आवश्यक खाद्य सामाग्री, दैनिक उपभोग्यीय खाद्य बस्तुहरुका पसल बाहेक सवै बन्द गरिने भएको छ ।
दुध, तरकारी, फलुफुल औषधी पसल, पेट्रोलियम पदार्थहरु बाहेक सवै पसल बन्द गर्ने निर्णय भएको छ । त्यसैगरी मध्यपहाडी लोकमार्गको डिमुवामा संचालित हेल्थ डेस्कलाई निरन्तरता दिने र हिजोको निर्णय अनुसार अन्य सात स्थानमा तत्काल हेल्थ डेस्क स्थापना नगर्ने निर्णय भएको छ ।
त्यस्तै कुश्माबजारमा बनाउन लागिएको १५ बेडको आईसोलेशन वार्डका लागि स्थानीय तहहरुले रु ५० लाख रुपैया र संघीय सरकार र प्रदेश सरकारवाट बजेट माग गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले बताईन ।
बैठकले आम नागरिकहरुलाई त्रसित र आतंकीत बनाउने गरी सामाजिक संजालमा समाचार तथा सुचना प्रकाशन गर्ने व्यक्तिहरुलाई कारवाहि गर्ने निर्णय पनि वैठकले गरेको छ ।
वैठकले सवै नागरिकहरुलाई घरभित्रै बस्न र अनावश्यक बाहिर ननिस्किन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’