भारत र चीनसँगका सबै नेपाली सीमानाका १ हप्ताका लागि पूर्णरुपमा बन्द

सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन आगामी १ हप्ताका लागि भारत र चीनसँग जोडिएका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
छिमेकी चीन र भारतमा कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा स्थलमार्गबाट समेत भाइरस भित्रिन सक्नेतर्फ ध्यान दिँदै सरकारले सीमानाका बन्द गर्ने निर्णय गरेको हो । हवाई मार्गलाई भने सरकारले यसअघि नै बन्द गरिसकेको थियो ।
मन्त्रिपरिषद् स्रोतका अनुसार सीमानाका बन्दको निर्णय सोमवार बिहानदेखि कार्यान्वयन हुनेछ ।