मनकारी देबेन्द्र , पर्वतको कुस्मा पौडेलद्वारा महिना दिनको घर भाडा नलिने घोषणा

पर्बत/पर्बतको कुस्मा नगरपालिका ६ बस्ने देबेन्द्र देबेन्द्र पौडेलले १ महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।
कुस्मा नगरपालिकाको मैत्रीचोकका बासिन्दा पौडेलले घरमा ब्यबसाय गर्ने तथा भाडामा बस्नेहरुका लागि महिना दिनको भाडा नलिने घोषणा गर्नुभएको हो । पौडेल पर्वतमा कोरोना प्रभावितका लागि घर भाडामा छुट दिने पहिलो ब्यक्ति हो ।
उहाले सामाजिक संजाल मार्फत आर्थिक मन्दीलाई ध्यान दिई एक महिनाको भाडा नलिने निर्णय गरेको बताउनुभएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतका जिल्ला सदस्य देबेन्द्र पौडेलले एक महिनाको भाडा नलिने घरमा भाडामा बस्ने सवैलाई जानकारी गराएको बताउनुभयो । उहाँले आफ्नो घरमा ब्यबसाय गर्ने तथा कोठा भाडामा बस्नेहरुलाई चैत्र महिनाको सबै भाडा गरेर लगभग ८० हजार रकम छुट दिने घोषणा गर्नुभएको छ । मैत्रीचोकमा रहनुहुने मनकारी पौडेलका परिबार धनपती पौडेल, शोभाकुमारी पौडेल र सरस्वती पौडेल सबै परिबारको सहमतिमा भाडामा छुट दिने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’