कोरोनाले छेकेन -पर्वतको कुस्मामा बैंकको एउटा शाखामा एकै दिन ८ सय ग्राहक


कुस्मामा बैंकमा आइतबार लागेको भीड ।


पर्वत/ देशभर कोरोनाको त्रास फैलिएको बेला जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा बढी जम्मा भएर नबस्न आग्रह गरेको छ । सभा सम्मेलन स्थगित भैसकेका छन । तर आइतबार भने पर्वतको कुस्माबजारमा बैंक र बजारमा भीड लाग्दा दशैंको जस्तो चहलपहल देखिएको छ ।
कुस्माबजारमा बैंकमा रकम निकाल्नका लागि सर्बसाधरणको भीड लागेको हो । बैकमा बृद्धबृद्धाहरु सामाजिक सुरक्षाभत्ता लिन र पेन्सनरहरुका कारण बैंकमा दशैंको झल्को लाग्ने गरि भिड बढेको छ । नेपाल बैंक लिमिटेडको कुस्मा शाखामा आइतबार एकैदिन ८ सय जना ग्राहकले सेवा लिएको शाखा प्रबन्धक नवराज दवाडीले जानकारी दिनुभयो । ‘सामाजिक सुरक्षाभत्ता, पेन्सन तथा बचतमा रहेको रकम निकाल्नका लागि नसोचेको भीड जम्मा भयो’ उहाँले भन्नुभयो‘यस्तो भीड दशैंमा मात्रै लाग्दै आएको थियो।’
कुस्मा नगरपालिका र फलेबास नगरपालिकाले बृद्धबृद्धाहरुको सामाजिक सुरक्षाभत्ता बैंकबाट बितरण गर्न लाभग्राहीको खातामा राखेका कारण सबैभन्दा ठुलो भीड लागेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने बृद्धबृद्धाहरु नै सयौंको संख्यामा बैंकमा जम्मा भएका छन । बृद्धबृद्धाहरु सामाजिक सुरक्षाभत्ता निकाल्ने र बजारबाट दैनिक उपभोग्य सामान खरिद गर्नका लागि बजार झरेका छन। चैत्रको पहिलो साता बैंकले सामाजिक सुरक्षाभत्ता बितरण गर्न शुरु गरेका कारण भीड भएको देखिएको छ । कुस्मा नगरपालिकाले ढिलो निकासा दिएका कारण लाभग्राहीको भीडमा लागेको छ ।
बैंकको एउटै शाखामा चार पाँच सय बृद्धबृद्धा जम्मा हुँदा संक्रमणको जोखिम उच्च भएको भन्दै स्थानिय प्रशासनले समेत चाँसो देखाएको छ। प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बैंकका शाखा प्रबन्धकहरु संग छलफल गरेको छ । बैंकमा भीड जम्मा हुन नदिन स्थानिय तहले समन्वय गर्ने जोखिमको अबस्थामा बजारमा नपठाउन अनुरोध गर्ने सहमति समेत भएको छ। अत्याबश्यक भएको अबस्थामा वडा र बैंकको समन्वयमा गाउँमै बितरण गर्ने तर बजारमा भीडभाड नगर्ने गरि समाधान खोजिएको उहाँले बताउनुभयो । न्यु कालीगण्डकी दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’