पर्वत जिल्लामा आइसोलेसन वार्ड बनाउन ३ महिनाको तलब दिने सांसद गिरीको घोषणा

पर्वत। पर्वतबाट निर्वाचन प्रतिनिधीसभाका सदस्य सांसद पदम गिरीले पर्वत जिल्लामा आइसोलेन वार्ड स्थापना गर्न तीन महिनाको तलब बुझाउने घोषणा गरेका छन् ।

नेकपा पर्वतका अध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य गिरीले आइसोलेसन वार्ड स्थापनाका लागि ३ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो निर्वाचन क्षेत्रमा आइसोलेसन वार्ड स्थापना तथा अत्यावश्यक उपकरण तथा सामग्री खरिद गर्न सघाउने उद्देश्यले तीन महिनाको तलब प्रदान गर्ने जनाएका छन् । पर्वत जिल्लामा बसेको सर्बपक्षिय बैठकले कुस्माबजार स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा १५ शैयाको आइसोलेसन बेड स्थापना गर्ने निर्णय गरेको छ । साँसद गिरीको घोषणाले आइसोलेसन वार्ड बनाउन सहयोग पुग्ने भएको छ ।

सांसद् गिरीले आइसोलेसन वार्ड तथा उपकरण तथा अन्य अत्यावश्यक सामग्री संकलनका लागि सहयोग कोषसमेत बनाउने बताएका छन् । सो कोषमा देश विदेशमा रहेका जिल्लाहरूले सहयोग गर्ने र जिल्ला अस्पतालले आइसोलेसन वार्डको व्यवस्थापन गर्ने उनले बताएका छन् ।

गिरीले विज्ञप्तिमा भनेका छन्– सहयोग कोषको व्यवस्थापन जिल्ला अस्पताल पर्वतले गर्ने र अनुगमन, नियमित र प्राप्त सहयोगको संयोजन जिल्ला समन्वय समिति, जिल्ला प्रशासनिक कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले गर्ने गरी आवश्यक व्यवस्था मिलाइने छ ।

उनले यस कार्यमा सघाउन स्थानीय तहका जनप्रतिनिधि र देश विदेशमा रहेका सबैलाई आह्वान समेत गरेका छन् । उनले सर्वसाधारणलाई सरकारले जारी गरेका सूचनामा मात्र विश्वास गर्न र सुरक्षित रहनसमेत आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’