पर्वतमा भिषण असिनापानीले करोडौको वालीनाली नष्ट

पर्वत/वर्षासँगै शुक्रवार दिउँसो परेको भिषण असिना पानीका कारण पर्वमा करोडौको वालीनालीमा क्षति पुगेको छ ।
पर्वतको कुश्मा नगरपालिका, मोदी गाउँपालिका, फलेवास नगरपालिका र छिमेकी जिल्ला बागलुङको बलेवामा भिषण असिना परेको छ । असिनापानीका कारण खेतमा भर्खरै उम्रिएका मकै, पाकेको तोरी र गुहँवालीमा ठुलो नोक्सानी पुगेको छ । त्यसैगरी कृषकहरुले व्यावसायिक रुपमा लगाएको तरकारीबालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
झण्डै आधा घण्टा भन्दा बढि परेको असिना एक फिट जति थुप्रिएको थियो । असिनाले व्यावसायिक रुपमा लगाएका गोलभेडा, काक्रो, घिरौला, लौका, बोडि, सिमी, खुर्सानी लगायतका तरकारीबाली नष्ट गरेको केन्द्रले जनाएको छ । पर्वत र बागलुङका विभिन्न क्षेत्रमा ठुलो असिना परेको बताउँदै क्षतिको विवरण भने आईनसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अहिले क्षतिको विवरण संकलन कार्य भैरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको वर्षपनि वैशाखमा परेको असिनाले ८ करोड भन्दा बढिको मकैवाली नष्ट गरेको थियो ।
कृषकहरुले लगाएको तोरीवाली थन्क्याउने बेलामा असिना परेका कारण पुरै झरेर नष्ट भएको केन्द्रले जनाएको छ । विवरण संकलन गरिसकेपछि क्षतिको यकिन मुल्यांकन हुने कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’