पर्वतको दोविल्ला–कार्किनेटा सडक कालोपत्रे हुँदै, शनिबारदेखि दुई हप्ता सडक आवगमन पुरै ठप्प

पर्बत। सिल्मीचोक कार्कीनेटा सडक खण्डको सवारी आगमन दुई हप्ता बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको निमार्ण समिति र सरोकारवाला नागरिकहरुको बैठकले यस्तो निर्णय गरेको हो । यही चैत ८ गते देखि २२ गते सम्म सडकको कालोपत्रे गर्नुपर्ने भएका कारण सडक दुई हप्ता बन्द गरीने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । यस अघि फाल्गुन १० गते देखि चैत ९ गते सम्म विहान १० बजे देखि ४ बजे सम्म सडक कालोपत्रे गर्नुपूर्व ढलान, ग्राभेल सहित रोलिङलाई समय आवश्यक परे पछि सडक बन्द गरेको थियो ।

सडकको १२ सय मिटर ग्रावेल र १२ सय मिटर ढलान तत्काल भईसकेको छ । भने सिल्मी गैराघर चोक हुँदै ठूलिपोखरी सम्मको ५ किलोमिटर सडक कालोपत्रे हुन लागेको हो । आशिष फेवा जेभी कन्स्ट्रकसनको रोहोवरमा रहेर आइटी कन्स्ट्रकसनले यो खण्ड स्तरन्नती सहित पिच गर्न लागेको हो । केन्द्रिय आयोजन अन्र्तगत ७ करोडको लागतमा कालोपत्र हुन लागेको हो । यो समयमा दिउसो समेत सवारीमा यात्रा गर्न चाहेमा सराईकलचोक–गहतेपोखरा, बुमि हुँदै ठुलीपोखरीको बाटो प्रयोग गर्न सकिने पर्वत यातायात समितिसँग सम्झैता गरिएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला प्रहरी, उद्योग बाणिज्य संघ, स्थानीय वडा कार्यालय, यातायात व्यवसायीको सहभागीतामा यस्तो निर्णय भएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’