सिन्धुलीमा एक वृद्धलाई १०४ डिग्री ज्वरो, आइसोलेसनमा भर्ना

सिन्धुली। सिन्धुलीमा एक जनालाई १०४ डिग्रीमाथि ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार सिन्धुली अस्पतालमा उपचारका लागि आएका एक जना बिरामीलाई उच्च ज्वरो देखिएपछि आइसोलेशन वार्डमा राखेर उपचार सुरू गरिएको हो । पोखरेलले भने, ’एकाएक १०४ डिग्री भन्दा बढी तापक्रम देखिएपछि अस्पतालमा जँचाउन आएका एक ६८ वर्षीय स्थानीय बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरेका छौं ।’

पोखरेलका अनुसार उच्च ज्वरो देखिएका व्यक्ति पेन्सन लिन धरान पुगेर सिन्धुली फर्केका थिए। अहिले उनको परिचय गोप्य राखिएको छ । उनलाई पहिला प्रेसर सुगर लगायतका केहि पनि रोग नभएपनि ल्याब टेस्टका क्रममा एकाएक उच्च ज्वरो सँगै निमोनिया समेत देखिएकाले अस्पतालका डाक्टरहरुले आइसोलेसन वार्डमा राखेका हुन् ।

बिरामीको र्‍याल स्वाव परीक्षण पछि कोरोनाको संक्रमण भए नभएको एकीन गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर लक्ष्मण खड्काले बताए । र्‍याल तथा स्वाव परीक्षण गर्न काठमाडौँ पठाइनेबारे छलफल भइरहेको उनले बताए ।

पछिल्लो समय सामान्य ज्वरो रुघाखोकीका बिरामी अस्पतालमा नियमित आउने गरेका भएपनि उच्च ज्वरोसहितको विमारी सिन्धुली अस्पतामा पहिलो व्यक्ति फेला परेका हुन् । केहि दिन पहिला कोरोनाका सम्भावित बिरामी राख्ने भन्दै अस्पतालले ३ वटा आइसोलेसन बेड स्थापना गरेको थियो । अन्नपूर्ण पोष्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’