विश्वभर कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख नाघ्यो, इरानमा एकैदिन १४७ जनाको मृत्यु (अपडेट)

एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख नाघेको छ । बुधबार साँझसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख ४ हजार ७९ जना पुगेको छ । सबैभन्दा बढी चीनमा ८० हजार ८ सय ९४ जनामा संक्रमण देखिएपनि उपचार गरेर फर्किनेको संख्या ६९ हजार ६ सय १४ रहेको छ । चीनमा अहिलेसम्म ३२ सय ३४ जनाको मृत्यु भइसकेको छ भने चीनपछि इटालीमा सबैभन्दा बढी मृत्यु भएको पाइएको छ ।

इटालीमा अहिले २५ सय ३ जनाको मृत्यु भएको छ भने ३१ हजार ५ सय ६ जनामा संक्रमणको पुष्टि भएको छ । तर इटालीमा उपचार गरेर फर्किनेको संख्या निकै न्युन देखिएको छ । इटालीमा २९ सय ४१ जना संक्रमितहरु उपचारपछि घर फर्किएका छन् । त्यस्तै बुधबार इरानमा सबैभन्दा बढी १४७ जनाको मृत्यु भएको छ । योसहित इरानमा मृत्यु हुनेको संख्या ११३५ पुगेको छ ।

इरानमा १७ हजार ३ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने चौबिस घण्टाभित्र ११ सय ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै युरोपियन मुलुक स्पेनमा बुधबार ८३ जनाको मृत्यु भएको छ भने १३ हजार ७ सय १६ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ६ सय १६ पुगेको छ ।

जर्मनीमा बुधबार ७१५ जनामा संक्रमण भएको छ भने योसहित संक्रमति हुनेहरुको संख्या १० हजार ८२ पुगेको छ । यता, दक्षिण कोरियामा चौबिस घण्टामा ३ जनाको मृत्यु भएको छ भने ९३ जना नयाँ संक्रमित बिरामीहरु देखिएका छन् । योसहित कोरियामा संक्रमित हुनेहरुको संख्या ८ हजार ४ सय १३ जना पुगेको छ भने अहिलेसम्म ८४ जनाको मृत्यु भएको छ ।

फ्रान्समा अहिलेसम्म १ सय ७५ जनाको मृत्यु भएको छ भने ७ हजार ७ सय ३० जनामा संक्रमित पुष्टि भएको छ । त्यस्तै, अमेरिकामा सोही भाइरसका कारण बुधबार ७ जनाको मृत्यु भएको छ । योसहित १ सय १६ जनाको मृत्यु भएको छ । अमेरिकामा २४ घण्टामा १ सय २२ जना संक्रमण देखिएको छ ।

योसहित अमेरिकामा संक्रमित हुनेहरुको ६ हजार ५ सय ३३ पुगेको छ । बुधबार चीनमा ११, नर्बेमा २, बेल्जियममा ४, अष्ट्रियामा १, पोर्चुगलमा १,अष्ट्रेलियामा १, इन्डोनेसियामा १२, लक्जेम्बर्गमा १, फिलिपिन्समा ३, इराकमा १, अल्जेरियामा १, अल्बानियामा १, मोल्डोभामा १, बुर्किनाफासोमा १, बंगलादेशमा १ जनासहित २ सय ८० जनाको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म ८ हजार २ सय ४७ जनाको मृत्यु भइसेकेको छ । चीनको उहानबाट सुरु भएको सो महामारी अहिले विश्वका १७० देशमा फैलिइसकेको छ । Photo:BBC

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’