पर्वतको बिहादीमा शिक्षक माथि जनप्रतिनिधिको अभद्र व्यवहार, बाटो ढुकेरै शिक्षक कुटियो

पर्वत । पर्वत जिल्ला विहादी गाँउपालिका अन्तर्गतको नेपाल तारा मावि रानीपानीमा विद्यालयको विविध विषयमा छलफल गर्न बोलाईएको विव्यस बैठकमै जनप्रतिनिधिबाट प्रधानाध्यापकमाथि अभद्र व्यवहार भएको छ ।

वडासदस्य धन बहादुर क्षेत्रीले आफूलाई किन बैठकमा छुट्टै नबोलाएको भन्दै प्रअ कुल प्रसाद पराजुलीमाथि बैठकमै अभद्र व्यवहार गरेका हुन् ।

‘वडाध्यक्ष विव्यसको पदेन सदस्य रहने भएकाले बैठकमा उहाँलाई निमन्त्रणा गरिएको थियो । उहाँले वडासदस्य पठाउनुभएछ’– प्रअ पराजुलीले एजुकेशनपाटीसँग भने– ‘मलाइ नै किन निमन्त्रणा गरिनस् भन्दै वडासदस्य आएर म माथि दूव्र्यवहार गर्न थाल्नुभयो ।’

विव्यसमा अभिभावकका ४ जना र वडाअध्यक्ष पदेन सदस्य रहने व्यवस्था भएपनि खासमा बैठकको अध्यक्षता कसले गर्नेमा विवाद देखिएको पराजुलीले जानकारी दिए ।

वडाध्यक्षले आफ्नो अध्यक्षतामा बैठक सञ्चालन हुनुपर्ने र अभिभावकहरुले जेष्ठ सदस्यको अध्यक्षतामा बैठक हुनुपर्ने अडान राखेको उनले बताए ।

‘यसरी लामो समय बैठक बस्न नसकेपछि जे त होला भनेर बैठक डाकिएको थियो । बैठकमा अध्यक्षता गर्न नपाउने भएपछि वडाध्यक्ष आफु नआएर अर्का वडासदस्य पठाउनुभयो । उहाँ आएर बैठकमै हाहल्ला गर्नुभयो ।’ पराजुलीले भने ।

यस्तै जिल्लाकै विहादी गाँउपालिका अन्र्तगतको आम्बारी माविमा कार्यरत शिक्षक कृण्ण ढकाललाई विधालयमा विद्यालय व्यवस्थापन समितीको गठन प्रक्रियाको विषयलाई लिएर बाटो ढुकेरै कुटपिट भएको छ ।

शुक्रवार घरबाट गाँउमा छिमेकीको घर जादै गर्दा बाटो कुरेर सोही स्थानका गणेश पराजुली र विमल पराजुलीले मोटरसाइकल रोकी कुटपीट गर्दा शिक्षक ढकाल गम्भीर घाइते भएका छन् ।

विव्यसमा दलगत प्रतिनिधित्वको कुरालाई लिएर शिक्षक माथि बाटो ढुकेरै कुटपिट गरी गम्भिर घाइते बनाइएको हो ।

घटनापछि कुटपिट गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको शिक्षक ढकालले जानकारी दिए ।

इता, शिक्षकहरु माथि जनप्रतिनिधि एवं अन्यपक्षबाट भएको अभद्र व्यवहार तथा कुटपिटको घटना प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन पर्वतले निन्दा गरेको छ ।

शनिवार संगठनका जिल्ला अध्यक्ष चिरञ्जिवी अधिकारी र सचिव सुरेन्द्र शर्मा गौतमले प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकमाथि जनप्रतिनिधि एवं अन्य व्यक्तिबाट भएको अभद्र व्यवाहारको घोर निन्दा गरेको हो ।

संगठनका अध्यक्ष अधिकारीले शिक्षकमाथि भएको आक्रमणको घोर निन्दा एवं भत्सर्ना गर्दै दोषी उपर कडा कारवाहीको माग गरेका छन् ।

अधिकारीले दुवै घटनाका कारण समग्र शिक्षा क्षेत्र र शिक्षक माथि गरिएको व्यावहारका दोषिहरुलाई कडा कारवाही नगरिए हामी शिक्षकहरु कारवाहीको मागको लागि जस्तो सुकै परिस्थितिमा पनि पछि नहट्ने चेतावनी र चुनौति दिए ।

घटना लगत्तै उक्त गाउँपालिका भरिका शिक्षकहरुले विरोध स्वरुप हातमा कालो पट्टी बाँधेर काम गरिरहेकासमेत अध्यक्ष अधिकारीले एजुकेशनपाटीलाई बताए ।

उनले घटनाका दोषिउपर तत्काल कार्बाही प्रक्रिया अगाडि नबढाए संगठनले जस्तोसुकै संघर्षको कार्यक्रम घोषणा गर्न तयार रहेको चेतावनी दिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’