कास्कीको लुम्ले केन्द्र बिन्दु भएर ५ रेक्टरस्केलको भूकम्प, पर्वतमा कास्कीमा धक्का

पर्वत / कास्कीको अन्नपुर्ण गाउँपालिकाको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको आइतबार साँझ भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार आइतबार राती ८.४५ मा कास्कीको लुम्ले आसपास केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको धक्का कास्की र पर्वतमा बढी महसुस भएको थियो भने तनहुँ, बागलुङ्ग म्याग्दी, स्याङ्गजा लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प गएपछि पर्वतको कुस्माबजारमा सर्वसाधरण घरबाहिर सडकमा निस्केका छन ।