महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न ,दश वटा ऐन पारित

पर्वत । महाशिला गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न भएको छ । गाउँ सभाले १० वटा विभिन्न कानुन निर्माण गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । गाउँ सभाबाट स्थानीय बन ऐन, बाताबरण तथा प्राकृतिक सोसरसफाइ ऐन, नगर प्रहरी ऐन, महाशिला बिकास स्वयंसेवक कार्यक्रम सन्चालन ऐन, उद्योग ब्यबसाय दर्ता ऐन, पारित गरेको छ ।

यसै गरी गाउँ सभाले सार्वजनिक निजि साझेदारी ऐन, सस्था दर्ता ऐन, शिक्षा ऐन संशोधन, स्वास्थ ऐन संशोधन र पुर्बाधार ऐन संशोधन समेत पारीत गरेको छ । गाउँ सभाले हाल बिश्व ब्यापीरूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रम संचालन तथा औषधि आपूर्तिको लागि थप रकम समेत विनियोजन गरेको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिए ।

यसै गरी गाउँपालिकाले उत्पादन महा अभियान कार्यक्रम संचालन गर्ने समेत निर्णय गरेको छ । यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले उत्पादनमुखी कार्यमा लगानी गर्ने र उत्पादनमा लाग्ने कृषकलाई सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’