डिस्चार्ज पछि मुस्कुराउँदै अस्पतालबाट बाहिरिए प्रधानमन्त्री ओली-‘सबै काम गर्न सक्नुहुन्छ’

काठमाडौं । प्रधामन्त्री केपी शर्माओलीलाई आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज गरिएको छ । ओलीलाई शुक्रबार साँझ ६ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिएको हो ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओली डिस्चार्ज हुँदै गर्दा निकै हँसिलो मुद्रामा अस्पताल परिसरबाट बाहिरिएका थिए ।

प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ । शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गर्ने क्रममा प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकहरुले सो कुराको जानकारी दिएका हुन् । ‘उहाँलाई अस्पतालबाट पूर्ण स्वास्थ्यलाभ पछि डिस्चार्ज गरिएको छ’ मृगौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागका प्रमुख एवम् प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा.दिव्यासिंह शाहद्अवारा जारी विज्ञप्तिमा भनिएको छ,‘उहाँका भाइटल तथा ल्याब प्यारामिटरहरु राम्रो अवस्थामा रहेका छन् ।’

विज्ञप्तिमा डिस्चार्जपछि प्रधानमन्त्री ओलीले समय समयमा फलोअपमा रहनुपर्ने उल्लेख गर्दैै नियमित चिकित्सकको निगरानीमा रहनुपर्ने समेत जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उहाँले यसपश्चात आवश्यक सतर्कताका साथ आफ्नो नियमित आवश्यक सबै कार्यहरु गर्नसक्नुहुनेछ ।’ प्रधानमन्त्री ओलीको उपचार गर्ने अवसर दिइएकोमा शिक्षण अस्पताल परिवार गौरवान्वित भएको उल्लेख गर्दै अस्पतालका चिकित्सकहरुमाथि गरिएको भरोसाको प्रसंशा समेत गरिएको छ । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’