मैले कसैलाई धम्की दिएको छैन -डिएसपी अर्याल

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक(डिएसपी) श्यामु अर्यालले आफुँले धम्की दिएको बिषय झुटो भएको दाबी गरेका छन ।
हुँदा बागलुङ्गका नेकपा नेता कृुष्ण पाठकले धम्की दिएको बताएपनि डिएसपी अर्यालले भने खण्डन गर्दै झुटो आरोप लगाएर आफुँलाई बद्नाम गराउन खोजेको दाबी गरेका छन ।
कालीगण्डकी नदी दोहनका बिषयमा उजुरीका नाममा अनाबश्यक लाञ्छाना लगाउने र उल्टै धम्की दियो भनेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा गलत प्रचार गरेको अर्यालले बताए । ‘मैले कसैलाई धम्की दिएको छैन, धम्की दिएको प्रमाण ल्याएको खण्डमा बद्री फुकाल्न तयार छु।’उनले भने ‘उल्टै मिलेमतो गरेको जस्ता निराधार आरोप लगाउनेले त्यसलाई प्रमाणित गर्नुपर्छ’
कालीगण्डकी नदीको पर्वत तर्फका खण्डमा दिनहुँ स्थानीय क्रसर उद्योगले अबैध उत्खनन गरेको र त्यसले मध्यपहाडी राजमार्ग समेत जोखिममा परेको बिषयमा कुरा गर्दा डिएसपी अर्यालले आफुँलाई धम्की दिएको भनेर सामाजिक सञ्जाल र सञ्चार माध्यममा दाबी गरेका छन । कालीगण्डकी नदीमा नदीजन्य पर्दाथ उत्खननको बिषय लामो समय देखि बिबादीत बनिरहेको छ । पछिल्लो समय स्थानिय तहलाई नियमन र काबार्हीको अधिकार दिएपछि प्रहरी तथा प्रशासनले कम चाँसो देखाएको भन्दै उनीहरुप्रति आक्रोश पोख्ने काम सामाजिक सञ्जालमा हुँदै आएको छ ।