प्रधानमन्त्रीसँग समीक्षाले सोधिन्- मामा, अहिले कस्तो छ?

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता भान्जी समीक्षा संग्रौला ज्ञवालीले भेटेकी छन्।
शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई भेटेर समीक्षाले उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए। मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीलाई भेट्ने समीक्षा चिकित्सक टोलीबाहेक पहिलो व्यक्ति हुन्।

डा. खड्गाका अनुसार भेटमा समीक्षाले प्रधानमन्त्रीलाई ‘मामा, अहिले कस्तो छ ?’ भनेर सोधेकी थिइन्। ‘म निको हुँदै गएको छु, धेरै–धेरै धन्यवाद छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै खड्गाले भने।

बुधबार दिउँसो तीन बजे प्रधानमन्त्रीलाई भेटेर आएको केही समयपछि समीक्षालाई अस्पतालले डिस्चार्ज गरेको छ। ‘मिर्गौलादाता समीक्षाको स्वास्थ्यका सुधार आइसकेकाले डिस्चार्ज गरिएको छ, आवश्यक परेमा उहाँ फ्लोअपमा आउनुहुन्छ,’ डा. खड्गाले भने।

झापाकी ३२ वर्षीया समीक्षा प्रधानमन्त्रीलाई शल्यक्रियामार्फत् मिर्गौला दान दिएपछि अस्पतालमा उपचाररत थिइन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’