पर्वतको खुर्कोटमा दिउँसै चितुवाको आक्रमण ७१ बर्षिय बृद्ध घाइते, सांसदद्धारा घाइतेको निःशुल्क उपचार गरिदिन अस्पताललाई आग्रह

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं २ खुर्कोटमा चितुवाको आक्रमणबाट एक जना बृद्ध घाइते हुनुभएको छ ।
कुस्मा नगरपालिका २ खुर्कोट तीन मुरे बस्ने ७१ बर्षिय बृद्ध शेषकान्त शर्मा चितुवाको आक्रमणबाट घाइते हुनुभएको हो ।
अस्पतालमा रहेका शर्मालाई भेटघाट गरी प्रतिनिधि सभाका सांसद पदम गिरीले घाइतेको निशुःल्क उपचारको ब्यवस्था मिलाउन अस्पताललाई आग्रह गरेका छन ।
घर नजिकैको वनमा घाँस काट्न गएको बेला मंगलबार दिउँसो बृद्ध शर्मालाई चितुवाले आक्रमण गरेको थियो । आक्रमणबाट हात लगायतका ठाउँमा चोट लागेको र आफुँ भिरबाट खसेपछि चितुवा भागेको घाइते शर्माले बताउनुभयो । घाइते शर्माको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । उहाँको अबस्था भने सामान्य नै रहेकोछ ।
एक साता देखि खुर्कोटकै छिमेकी कुस्मा नगरपालिका ३ दुर्लुङ्ग घोगेनीमा चितुवाले लगातार पशु चौपाय मारेपछि सर्वसाधरण त्रसित भैरहेका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’