गृहको अपील : होलीमा लोलापानी नहान्नू, रंग नदल्नू

काठमाडौं । गृह मन्त्रालले होलीमा विगतमा जस्तो भेला हुने, लोलापानी हान्ने वा शरीरमा रंग तथा अविर नदल्न आग्रह गरेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले ठूलो सभा सभारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको छ । सरकार आफैंले सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ भने खेल प्रतियोगिताहरु समेत रोकिएका छन् ।

गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै बढी भीडभाड हुने कुनै पनि सभा, सम्मेलन भेला था कार्यक्रम नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘सन्निकट होलीमा विगतमा जस्तो भिडभाड, भेला जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नु नगराउन अनुरोध छ ।’

गृहले कोरोनाको संक्रमण रोक्न उपभोग्य बस्तु खरिद तथा भण्डारणमा हतार नगर्न अपील गरेको छ । कोरोना भाइरसको त्रासका कारण सार्वसाधारणले दैनिक उपभोग्य बस्तुका साथै ग्यास भण्डारण गर्न थालेपछि गृह मन्त्रालयले हतार नगर्न अपील गरेको हो । साथै कालोबजारी वा कृतिम अभाव गएको पाइए तत्काल सम्बन्धित निकायमा खबर गर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’