मुद्दा मिलाइदिने भन्दै लाखौ ठगी गर्ने नेविसंघका नेता भागे, सहयोगी पक्राउ

अदालतमा विचाराधीन बलात्कार सम्बन्धि मुद्दा मिलाईदिञ्छु भन्दै लाखाै ठगी गरेको आरोप लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थी संघका एक नेता भागेका छन् भने उनका सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङले आफुलाई ठगी गरेको आरोपमा पक्राउ गर्ने तयारी गरेको छाल पाएपछि रंगेली नगरपालिका– ३ घर भएका नेपाल विद्यार्थी संघ मोरङका निवर्तमान सभापति गोपाल सेढाई भागेका छन् भने उनका सहयोगी श्रीमन मरण्डीलाई प्रहरीले प’क्रा’उ गरेको छ । उनीहरु माथि सात लाख २५ हजार रुपैयाँ ठ’गी गरेको आरोप लागेको छ ।
स्नातकोत्तर क्याम्पस विराटनगरको पूर्व स्ववियू सभापति समेत रहेका सेढाईले जवरजस्ती करणी मुद्दा मिलाउन सात लाख २५ हजार रुपैयाँ रकम लिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनले सेढाईको खोजी भइरहेको बताए ।
विवाहमा जन्ती आएकी धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि २०७५ साल जेठ १५ गते राति बलात्कार गरेको आरोपमा प्रहरीले रंगेली ३ का सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका तल्लु मर्मु, प्रगान सतार, सोमलाल हेमरम, सुनिल मरन्डी र सुरेन्द्र टुडु समेतलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी प्रयास मुद्दा चलाएको थियो।
सोही मुद्दा मिलाइदिने भन्दै सेढाई र मरण्डीले प्रति व्यक्ति एक लाख ५० हजारका दरले सात लाख ५० हजार रुपियाँ ठगी गरेका थिए। छोरा छुट्ने आशामा सोम मरण्डी र बाबुलाल हस्दाले जनही १ लाख ४० हजार, बिक्रम टुडुले १ लाख ६० हजार, साइला मरण्डीले १ लाख ६० हजार,सोम मुर्मूले एक लाख २५ हजार गरी जम्मा ७ लाख २५ हजार रुपैयाँ बुझाएका थिए । तर जिल्ला अदालत मोरङले उनीहरुलाई तीन वर्ष छ महिना कैद सजाय तोकेर कारागार चलान गरेको थियो।
आफुहरुले त्यति ठुलो रकम बुझाउदा पनि छोराहरु नछुटेपछि थुनामा रहेकाहरुको आफन्तले सेढाई र मरण्डीबाट आफुहरु ठगिएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्।
जिल्ला अदालत मोरङले ठगी मुद्दामा पक्राउ परेका श्रीमनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको छ । सेढाईलाई पक्राउका लागि पूर्जी जारी गरेको छ ।