३९ मिनेटमा जोडियो प्रधानमन्त्रीको मिर्गौला

काठमाण्डौ/त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शल्यक्रिया कक्षमा प्रवेश गर्नुअघि बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफन्त र शुभचिन्तकलाई चिन्ता नलिन र नआत्तिन आग्रह गर्दै भने, ‘मलाई राम्रो हुन्छ, नराम्रो भए पनि आफ्नो देशको माटोमा उपचार हुने भएकाले चिन्ता लिन आवश्यक छैन, जे हुन्छ राम्रै हुन्छ।’

प्रधानमन्त्रीले आफ्नै देशको माटोमा उपचार गराएकाले आफूलाई जे भए पनि फरक नपर्ने र ढुक्क रहन पटकपटक आफन्त र शुभचिन्तकलाई आग्रह गरेको जानकारी वरिष्ठ चिकित्सक अरुण साय्मिले दिएकोनागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री ओलीलाई भिभिआइपी कक्षको ६०१ शड्ढयाबाट शल्यक्रिया कक्षमा लग्दा बिहान ९ बजेर ५७ मिनेट गएको थियो। अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले बिहान ९ बजेदेखि प्रधामन्त्री ओलीको मिर्गौला प्र्रत्यारोपण सुरु हुने जानकारी दिए पनि तयारी गर्दा करिब एक घण्टा ढिला उनलाई शल्यक्रिया कक्षमा लगिएको थियो। ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीको नेतृत्व गरेका डा। प्रेम ज्ञवालीले प्रक्रिया सुरु गरेको जनाउ दिँदा १० बजेर दुई मिनेट गएको थियो।

सर्जन प्रा.डा. प्रेम ज्ञवालीका अनुसार अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्रीले तपाईंहरूप्रति पूर्ण भरोसा रहेको बाताएका थिए । नयाँ पत्रिकासँगको संवादमा ज्ञवालीले भनेका छन्,

सबै स्वास्थ्यजाँच गरेपछि हामीले ‘केही भन्नु छ अथवा केही आदेश छ प्रधानमन्त्रीज्यू’ भनेर सोधेका थियौँ । उहाँले ‘मेरो केही भन्नु छैन, तपाईंहरूप्रति पूर्ण भरोसा छ’ मात्रै भन्नुभयो । मिर्गौला प्रत्यारोपण गर्न जम्माजम्मी चार घन्टा ३० मिनेट लाग्यो । त्योमध्ये मिर्गौला जोड्न ३९ मिनेट लाग्यो । यो भनेको सामान्य हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था धेरै राम्रो छ । हरेक घन्टा ६ सयदेखि सात सय मिलिलिटरका दरले पिसाब हुन थालेको छ । यसको अर्थ अहिलेसम्म प्रत्यारोपण गरेको नयाँ मिर्गौलाले चार लिटरभन्दा बढी पिसाब बनाइसकेको छ । त्यो भनेको हाम्रा लागि धेरै हर्षको कुरा हो । दाताको स्वास्थ्य पनि ठीक छ ।

उहाँको मिर्गौला निकाल्न डेढ घन्टा लागेको थियो । दाताको शल्यक्रिया ल्याप्रोस्कोपिक विधिबाट गर्‍यौँ । यसो गर्दा सानो मात्र घाउ हुन्छ । त्यसैले दाताबाट मिर्गौला झिक्दा ल्याप्रोस्कोपिक विधि नै प्रयोग गर्न थालिसकेका छौँ । पहिला हामीले ठूलै घाउ बनाएर गर्थ्यौं। अहिले हामीले नयाँ सीप पनि सिक्यौँ र प्रविधि पनि उपलब्ध भएकाले ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया गरेका हौं । उहाँलाई अहिले राम्रो छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’