कुस्माका निजी बिद्यालयको परिक्षा फागुन २८ मा शुरु हुने

पर्वत /बिश्वभर कोरोना भाइरसको संक्रमण फैलिएपछि पर्वतको कुस्मा नगरपालिका भित्रका निजी बिद्यालयहरुले फागुन २८ गतेबाट नै सञ्चालन गर्ने निर्णय गरेका छन ।
निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन कुस्माको बुधबार बिहान बसेको बैठकले फागुन २८ देखि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । यस अघि कुस्मा नगरपालिकामा बार्षिक परिक्षा चैत्र १० बाट शुरु गर्ने निर्णय भएको थियो ।
प्याब्सन कुस्माका अध्यक्ष इन्द्रमान खत्रीका अनुसार चैत्र २८ मा परिक्षा शुरु गरेर चैत्र ५ मा नै परिक्षा सम्पन्न गर्ने निर्णय भएको छ । सरकारकारले देश भरका विद्यालयलाई चैत्र ५ गतेभित्र कक्षा १० बाहेकका सबैको परीक्षा सक्न गरेको निर्देशन अनुसार प्याब्सन कुश्मा नगर समिति यस्तो निर्णय गरेको उहाँले बताउनुभयो । प्याब्सनले बुधबार देखि सबै विदा र शनिबार पनि कक्षा सञ्चालन गरि कोर्ष बाँकी भएमा सक्ने निर्णय पनि गरेको छ । विद्यार्थीहरुलाई कोरोना भाइरसका बारेमा यथोचित परामर्श सहित सजगताका लागि जानकारी गराउने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’