पर्वतका पाँच स्वास्थ्य संस्था अस्पतालको रुपमा स्तरोन्नती हुँदै

पर्वत /एउटा स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने सरकारी अभियान अन्तर्गत पर्वत जिल्लाका पाँच वटा स्वास्थ्य संस्थाको स्तरोन्नती हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्वतका दुई प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्यचौकीलाई १५ शैयाको अस्पतालको रुपमा स्तरउन्नती गर्न लागेको हो ।

मन्त्रालयले यस आर्थिक बर्षमा पर्वतको कुस्मा नगरपालिका स्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्र र तीन स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको हो । मन्त्रालयले पर्वतको फलेबास नगरपालिकाको देबिस्थान स्वास्थ्य चौकी, मोदी गाउँपालिकाको देउपुर स्वास्थ्य चौकी र पैंयु गाउँपालिकाको हुवास स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भएको छ ।

पर्वतको महाशिला गाउँपालिका स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्र गत बर्ष नै अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भैसकेको थियो । मन्त्रालयले पर्वतका छिमेकी बागलुङ्ग जिल्लाका दुई वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा स्तरउन्नती गर्ने निर्णय गरेको छ भने मुस्ताङ्गमा दुई वटा स्वास्थ्य संस्थालाई स्तरोन्नती गर्ने निर्णय गरेको छ ।न्यु कालीगण्डकी दैनिकले समाचार छापेको छ ।

अघिल्लो वर्ष सरकारले दुई सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ करोड बजेटको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम प्रारम्भ भइसकेको छ । यस वर्षका लागी स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययन गर्न स्वास्थ्य मन्त्रालयको सहरी विकास मन्त्रालयलाई पठाएको छ ।

पर्वतको कुस्मास्थित पर्वत अस्पताल लामो समय देखि १५ शैयाको अस्पतालको रुपमा सञ्चालनमा आएपनि यसलाई ५० शैयाको अस्पतालको रुपमा बिकास गर्न भवन निर्माण कार्य भैरहेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’