कोरोनाभाइरसबाट इरानका सर्वोच्च नेताका सल्लाहकारको मृत्यु

एजेन्सी/इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका एक सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइलाई सल्लाह दिने एक आयोगका सदस्य थिए ।

यसअघि, देशका प्रमुख धर्मगुरुमध्ये एक रहेका हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु भएको थियो ।

राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उपराष्ट्रपति मोसुमेह इब्तेकार र कोरोनाभाइरसविरुद्ध गठन गरिएको सरकारी टास्कफोर्सको नेतृत्व गरिरहेका उपस्वास्थ्यमन्त्री इराज हारिर्ची पनि कोरोनाभाइरसबाट संक्रमित बनेका छन् ।

गत हप्तादेखि इरानमा कोरोनाभाइरसको संक्रमण फैलिन थालेको हो । सोमबारसम्म यसबाट ६६ जनाले ज्यान गुमाइसकेका छन् भने देशमा यसबाट १५ सयभन्दा बढी संक्रमित बनेका छन् । यसबीच २९१ जना सफल उपचारपछि घर फर्किएका छन् ।

पाकिस्तान, क्यानाडा, लेबनान, अफगानिस्तान, कुवेत, बहराइन, इराक, ओमान, कतार र युएईमा इरान यात्रा गरेर फर्किएकामा कोरोनाभाइरसको संक्रमण देखापरेको थियो ।

मध्यपूर्वमा इरानमा सबैभन्दा बढी कोरोनाभाइरसको संक्रमण देखिएको छ । त्यस्तै, भाइरसको उत्पत्ति भएको चीनबाहिर इरानमा नै सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’