प्रधानमन्त्री ओलीको यसरी गरिँदै छ मृगौला प्रत्यारोपण

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवालीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गर्नेछन् । टोलीमा डा. पवनराज चालिसे, डा उत्तम शर्मा, डा. दिव्यासिंह शाह र डा. सुवास आचार्य रहनेछन् । यस्तै, नर्सिङतर्फको नेतृत्व पुनम सिन्हाले गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

प्रत्यारोपण पछि ५–६ दिनमा आवश्यकता हेरेर डिस्चार्ज गरिने त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताए । उनले भने, ‘कुनै पनि अप्रेसन गर्न केही पूर्वतयारी गर्नुपर्छ । तयारीका लागि प्रधानमन्त्री सोमबार भर्ना हुनुभएको हो ।’

डा. खड्गाका अनुसार तीनदेखि चार घण्टामा प्रत्यारोपण सकिनेछ । अन्य कुनै समस्या आएमा तयारी अवस्थामा मुटु रोग विशेषज्ञ प्रा.डा. अरुण सायमी, प्रा.डा. भगवान कोइराला, कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारी, न्युरोलोजिस्ट प्रा.डा. जगदीशप्रसाद अग्रवाल तयारी अवस्थामा रहने बताइएको छ ।

सातामा बुधबार दुई वटा मात्रै मिर्गौला प्रत्यारोपण हुने गरेको त्रिवि शिक्षण अस्पतालमा यो बुधबार प्रधानमन्त्री ओलीको मात्रै प्रत्यारोपण गर्ने अस्पतालको तयारी छ । हालसम्म त्रिवि शिक्षण अस्पतालमा ८ सय वटा मिर्गौला प्रत्यारोपण भइसकेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’