जिल्ला प्रशासन कार्यालय पर्वतको भवन उद्घाटन, अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल कदमी लिएको छ – गृहमन्त्री थापा


पर्वत / जिल्ला प्रशासन कार्यालय पर्वतको सुबिधा सम्पन्न नयाँ भवनको गृहमन्त्री रामबहादुर थापा बादलले आइतबार उद्घाटन गर्नुभएको छ ।
नयाँ भवनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्व बिना सम्बृद्धि असंभब भएको बताउनुभएको छ । शान्ति र स्थायित्वमा मात्रै बिकास निर्माणका काम र सम्बृद्धिका योजनाहरु सहज ढंगले सञ्चालन हुन सक्ने उहाँको भनाई थियो । ‘बिकास र सम्बृद्धिका लागि पहिलो सर्त नै शान्ति सुरक्षा र स्थिर सरकार हो’ उहाँले भन्नुभयो ‘शान्ति सुरक्षा मज्बुद भएन भने लगानीको वातावरण नै बिग्रन्छ’ । बिकास निर्माणका काममा भएका अबरोध हटाउने, बिबाद ब्यबस्थापन गर्ने काम शान्ति सुरक्षा दिने निकायबाटै संभब रहेको र त्यसमा ध्यान दिन उहाँले निर्देशन पनि दिनुभयो ।


उहाँले सरकार मिचिएको नेपाली भूमि फिर्ता गराउन पहलकदमी लिएको बताउँदै त्यसका लागि राष्ट्रिय एकता आबश्यक पर्ने कुरामा पनि जोड दिनुभयो । सिमाका समस्या, सिमापार अपराध नियन्त्रणका लागि सरकारले ठोस कार्यक्रम र योजना सहित अघि बढीरहेको जानकारी पनि दिनुभयो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले चुस्त, जनमैत्री र प्रबिधीयुक्त प्रशासनिक सेवा प्रवाहको ब्यबस्था मिलाउने काम भैरहेको बताउँदै गण्डकी प्रदेश सरकारले यसका लागि सहयोग तथा समन्वय गरिरहेको छ भन्नुभयो । गृह सचिब महेश्वर न्यौपानेले बिकास र पुर्वाधारका योजनाहरुमा प्रभाबकारी सुरक्षा ब्यबस्था मिलाउन निर्देशन दिनुभयो । उहाँले जनप्रतिनिधीहरुले ब्यबसाय र राजनिति मध्ये एउटा छान्न पनि आग्रह गर्नुभयो ।


कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, नेकपाका केन्द्रिय सदस्य तथा पर्वत जिल्ला इन्र्चाज गुप्तबहादुर हमाल, नेपाली कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसाल, प्रजिअ कल्पना घिमिरे नेपाल र सहायक प्रजिअ अमृत सुबेदीले बोल्नुभएको थियो
पर्वतमा कार्यरत तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अगुवाईमा २०७२ सालमा भवन निर्माण शुरु भएको थियो । नयाँ भवन गत बर्ष देखि नै प्रयोगमा आएपनि औपचारिक रुपमा आइतबार उद्घाटन भएको छ । भवनमा पर्याप्त कोठा, कार्यक्रमका लागि सभाहल देखि प्रमुख जिल्ला अधिकारीको निवास र सुरक्षाकर्मीका लागि भवन समेत निर्माण भएको छ । भवन निर्माणका लागि ४ करोड ३५ लाख ७३ हजार २ सय ७८ रुपैँया खर्च भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।


प्रशासनले यस अघि २०२८ सालमा निर्माण भएको भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । नयाँ भवन बने संगै हेल्प डेस्क, सिसिटभी, सहसचिबको दरबन्दी स्विकृत भएका कारण त्यसको आबश्यकतालाई समेत पुरा गर्ने गरि सुबिधा थपिएको छ । भवन निर्माण पछि सेवा प्रवाहका लागि समेत सहज भएको प्रजिअ घिमिरेले बताउनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’