काँग्रेस तीनै तहको चुनाबमा पराजय हुनुको मख्य कारक गट उपगुट– महासमिति सदस्य कुवँर

पर्बत। नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले नेपाली कांग्रेसले तीन चरणको निर्बाचन हुदा पराजय भोग्नुको मुख्य कारण गुट उपगुट रहेको बताउनुभएको छ । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठनको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सो अबसरमा बोल्दै उहाँले तरुण दल नेपाली काँग्रेसको मेरुदण्ड भएको बताउनु भयो ।उहाँले पार्टीले तरुण युवाहरुलाई परिचालन गर्न नसकेको प्रति द्ुख समेत व्यक्त गर्नुभयो । काग्रेसले पार्टी भित्र रहि सहयोग नगर्नेलाइ कारबाही सुरु गर्नुपर्ने बताउदै उहाँले स्वच्छ ,निस्पक्ष, बिबादरहित सङ्गठन बनाउनु अबको आबश्यता रहेको बताउनुभयो । कार्यकर्ताहरु लाई कसैको लोभ लालचमा नपरी आफ्नो स्वबिबेक प्रयोग गरेर काम गर्न उहाँले आग्रह समेत गर्नुभयो । उहाँले पार्टी विरुद्ध जाने जो कोहिलाई कारबाही नभएसम्म पार्टी सुदृढीकरण नहुने जिकिर गर्नुभयो ।

सो अबसरमा फलेवास नगरपालिका–५ खानीगाउँमा नेपाल तरुण दल गठन भएकोे छ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल फलेवास नगर कार्य समितिले खानीगाउँमा नयाँ कार्य समिति गठन गरेको हो । प्रजातन्त्रमा आस्थावान युवाहरुको समुहले तरुण दल खानीगाउँको अध्यक्षमा निर्मल नेपाली लाई चयन गरेको छ । त्यस्तै समितिको बरिष्ठ उपाध्याक्षमा रिकु बहादुर सुबेदी अर्को उपाध्याक्षमा क्रमस प्रकास परियार, अमृत तिवारी र अर्जुन श्रेष्ठ, सचिवमा बिसान परीयार, कोषाध्याक्षमा अमृता नेपाली लगायत ४३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । नेपाल तरुण दल फलेवास नगर कार्य समितिका अध्यक्ष दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य फलेवास नगरपालिका–५ खानीगाउँका अध्यक्ष निर्मल नेपाली र कार्यक्रमको संचालन पत्रकार साजन परीयारले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’