कोरोना भाईरस ३३ मुलुकमा फैलियो सबै नेपाली सुरक्षित

काठमाडौं ।चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप चीन बाहेक विश्वका ३३ मुलुकमा फैलिएको विश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ ।
कोभिड १९ को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै सक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग सन् २०२० फेब्रुअरी १४ बाट चीनको हुवेई प्रान्तमा प्रमाणित भएको हो ।

यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्नेहुनाले हुवेईका झण्डै ६ करोड जनता क्वारेन्टाईनमा रहेका छन् ।

चीनमा १ अरब ४२ करोड जनसंख्या रहेको र हुवेईमा मात्र ६ करोड जनसंख्या रहेको र सोही प्रान्तलाई चीन सरकारले बिशेष निगरानीका साथ क्वारेन्टाईनमा राखेर बिरामीको उपचार गराईरहेको छ ।

पछिल्लो समय हुवेईबाट अन्य मुलुकमा यात्रा गर्ने व्यक्तिलाई समेत स्वास्थ्य परिक्षण गरि क्वारेन्टाइनमा राख्ने र यात्रामा समेत विशेष ध्यान दिन विश्व स्वास्थ्य संगठनले निर्देश गरिसकेको छ ।

फ्ब्रुअरी २४ सम्म चीनमा मात्र ७७ हजार २ सय ६२ जना संक्रमित भएका छन भने २ हजार ५ सय ९५ जनाको मृत्यु भैसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय कोभिड १९ बाट संक्रमित हुने अन्य मुलुकमा दक्षिण कोरिया र जापान अग्रस्थानमा रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।
चीन बाहेक कोभिड १९ संक्रमण देखा परेका मुलुकहरु यसप्रकार रहेका छनः
अफगानिस्थानमा-१
अष्ट्रेलिया-२३
बेल्जियम-१
बराईन-१
क्याम्बोडिया-१
क्यानडा -१०
ईजिप्ट -१
फिनल्याण्ड -१
फ्रान्स -१२
जर्मनी -१६
भारत -३
इरान -६४
इराक -१
इजरायल -२
जापान -६९१
कुवेत -३
लेवनान -१
मलेसिया -२२
नेपाल -१
ओमान -२
द फिलिपिन -३
रसिया -२
सिंगापुर -८९
दक्षिण कोरिया -८३३
स्पेन -२
श्रीलंका -१
स्वीडेन -१
ताईवान -२८
थाईल्याण्ड -३५
युनाईटेड अरब इमरेट -१३
युनाईटेड किङडम -१३
युनाईटेड स्टेट -५३
भियतनाम -१६

दक्षिण कोरियाली सेनाले कोरोना भाइरसका बिषयमा सुरक्षा अपनाउनुका साथै स्वास्थ्य उपचारका लागि खटिने जनशक्ति र सुरक्षाकर्मीका लागि विशेष तालिम दिन लागेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

त्यसैगरी हाल भारत भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोभिड १९ भाईरस नियन्त्रणमा रहेको जानकारी गराउनुभएको पनि अन्तर्राष्ट्रि न्यूज एजेन्सिहरुले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार जापान र कोरियामा धेरै नेपालीहरु रहेका र दुबै मुलुकका नेपाली दुतावासले जनाए अनुसार अहिले सम्म सबै नेपाली सुरक्षित रहेका छन् । चीनको हुवेईबाट फागुन ४ गते नेपाल ल्याईएका १ सय ७५ जना नेपाली विद्यार्थीहरु पनि स्वस्थ रहेको नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

उहाँले सबै नागरिकलाई यात्राका क्रममा आफ्नो सुरक्षाका लागि मुखमा माक्स लगाउने, सकेसम्म हात नमिलाउने, १०० डिग्री भन्दा माथी ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा जचाउने, भिडमा हिड्डुल कम गर्ने र गर्नै परे १ मिटरको दुरी फरक पार्न सुझाव दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

नेष्डो समृद्ध लघुवित्तले ७३ प्रतिशत लाभांश दिने

चैते दसैँमा गण्डकी प्रदेशले बिदा दिने

समयभित्रै मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

पर्वत सेवा समाज कतारको अध्यक्षमा शर्मा

मिलन ओपन स्काउट कृयू दल समितिको दिक्षान्त समारोहमा समाजसेवी गुरुङ