पर्वत जिल्ला अस्पतालमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वत /पर्वत अस्पताल मा मानसिक रोगको उपचार सेवा शुरु भएको छ । पर्वत अस्पताल र गण्डकी मेडिकल कलेज पोखराबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गदै अस्पतालमा मानसिक रोगको विशेषज्ञ सेवा सहितको उपचार सेवा शुरु भएको हो ।

दुई अस्पताल बीच मानसिक रोगको सेवा प्दान गर्न प्रारम्भिक चरणको सम्झौतामा आज हस्ताक्षर भएको हो । प्रजातन्त्र दिवसको अवसरमा परेर पर्वत अस्पतालका अध्यक्ष गोविन्द पहाडी,निमित्त मेडिकल सुपरिटेन्डन्ट डा. शिशिर देवकोटा, र गण्डकी मेडिकल कलेजका प्राचार्य प्र.डा. रविन्द्रप्रसाद श्रेष्ठ सँगै गण्डकी मेडिकल कलेजका प्रोफेसर डा. टुमाया घलेले हस्ताक्षर गरेका हुन् ।

पर्वत अस्पतालले संचालन गर्ने मानसिक रोग उपचारका लागि गण्डकी मेडिकल तर्फबाट १ जना विशेषज्ञ डाक्टर सहित प्रत्येक महिनाको १०, २० र महिनाको अन्तिम दिन सेवा संचालन गरिने भएको छ । दर्ता शुल्कका लागि २० रुपैयाँ शुल्क राखेको छ । जिल्लामा मानसिक रोगका बिरामी बढ्दै जान थालेपछि अस्तालले रोगी र गरिव जनतालाई मध्येनजर गदै सेवा विस्तार गरेको जिल्ला अस्पताल पर्वतका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिनुभयो ।

पर्वत अस्पतालका सेवा विस्तार गर्ने क्रममा मानसिक रोगको उपचार सेवा फलदायी हुने पहाडीले बताउनु भयो । गण्डकी मेडिकल कलेजका प्राचार्य प्रोफेसर डाक्टर रविन्द्रप्रसाद श्रेष्ठले पर्वत जिल्लामा मानसिक रोगीको संख्यालाई कम गर्न आफुहरुले सेवा विस्तार गरेको बताउनु भयो । उहाँले गण्डकी मेडिकल कलेज नीजि अस्पताल भएपनि यसले मुलुकको स्वास्थ्य र शिक्षामा काम गदै आएको दावी गर्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख भोजराज गौत्तमले मानसिक रोग एक पटक उपचार गरेर मात्र निको नहुँने रोग भएका कारण निरन्तर स्वास्थ्य परिक्षण गर्नुपर्ने अवगत गराउनुभयो । अस्पतालको सेवा सुधारका विविध पक्षका बारेमा पत्रकार अगन्धर तिवारीले पनि सुझाव राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन डाक्टर विष्णु भण्डारीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’