पर्वतको मोदीबेणीमा बेवारिसे शब भेटियो

पर्वत/ पर्वतको पबित्रस्थल मोदीबेणी नजिकै मोदीखोमा एक पुरुषको बेवारिसे शब फेला परेको छ ।
कुस्मा नगरपालिका वडा नं ५ मा पर्ने मोदीबेणी र फलेबास जोड्ने पुल नजिक मंगलबार दिउँसो मोदीखोलामा अन्दाजी ५० बर्षिय पुरुषको शब फेला परेको हो ।
मोदीखोलामा घोप्टो परेको अबस्थामा ढुंगाले अडिएको शब फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । जनै लगाएको, सेतो सर्ट र टिर्सट लगाएको गहुँगोरो पुरुषको शब खोलामा देखेपछि मोदीबेणीमा रहेका मलामीले प्रहरीलाई खबर गरेका थिए । शब सडेगलेको अबस्थामा नभएका एक दुई दिन पहिलेको मात्रै भएको अनुमान गरिएको छ ।
फेला परेको शबलाई पर्वत अस्पताल कुस्मामा राखिने प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’