पर्वतमा स्वास्थ्य विमा कार्यक्रम शुरु, जिल्लाका पैतीस हजार परिवार लाभान्वित हुँदै

पर्वत/पर्वतमा सामाजिक न्यायमा आधारित स्वास्थ्य विमा कार्यक्रम शुरु भएको छ ।
नेपाली नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्धेश्यले नेपाल सरकारले थालेको स्वास्थ्य बिमा कार्यक्रम पर्वतमा सोमवारदेखि शुरु भएको छ ।
नेपालको ५२ औ र गण्डकी प्रदेशको सातौ जिल्लाको रुपमा सोमवारदेखि स्वास्थ्य विमा कार्यक्रम प्रारम्भ गरिएको छ ।
सोमवार जिल्लाका सातवटै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला निकायको सहभागितामा सदस्यता दर्ता शुभारम्भ गरिएको छ । स्वास्थ्य बीमा बोर्डका कार्यकारी दिर्नेशक रमेशकुमार पोखरेलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेललाई स्वास्थ्य विमा सदस्यता परिचय पत्र वितरण गरेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
स्वास्थ्य विमा बोर्ड काठमाडौँले २०७२ सालमा कैलाली, बागलुङ र इलामबाट शुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेशका अन्य ६ जिल्लामा लागु हुँदै आएको थियो ।
आसपासका जिल्लाहरुमा कार्यक्रम लागु भएपनि पर्वत जिल्लाका बासिन्दाहरु भने अहिलेसम्म बञ्चित बनेका थिए । स्वास्थ्य बीमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिएको छ । जिल्लाका ६१ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रुपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ ।
स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५ सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप ७ सय बीमा रकम तिर्नुपर्ने व्यवस्था रहेको स्वास्थ्य विमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो । उनका अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
त्यस्तै पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रति थप सदस्य रु २० हजार थप गरी रु दुई लाखसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने व्यवस्था समेत गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोह बी पौडेलले यो कार्यक्रमलाई जिल्लाभर प्रभावकारी रुपमा संचालन गर्न आग्रह गर्नुभयो । उहाँले विपन्न र असहाय परिवारका लागि यो अझै प्रभावकारी हुने बताउँदै जनप्रतिनिधिहरुले आवश्यक सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल, प्रदेश स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसी, नेपाका नेता गोविन्द पहाडी, नेपाली काँग्रेसका सचिब अशोक उच्चै ठकुरी, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि धनराज सुनार, स्वास्थ्य कार्यालय पर्वतका प्रमुख भोजराज गौतम लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशमा स्वास्थ्य विमाको अवस्थाका बारेमा बोर्डका गण्डकी प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिनुभएको थियो ।