पर्वतको जलजला गाउँपालिकाकोे आफ्नै एम्वुलेन्स सेवा संचालन

पर्वत/ पर्वतको जलजला गाउँपालिकाले गाउँलेहरुलाई सेवा दिन एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
विकट गाउँलेहरुलाई विरामी परेको बेला तत्कालै अस्पताल पु¥याउन सहयोग पुगोस भन्ने उद्धेश्यले एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो । भारतीय दुतावासको सहयोगमा प्राप्त भएको उक्त एम्बुलेन्स केहि समय अघि सम्म मल्लाज स्वास्थ्य चौकी मातहत संचालन हुँदै आएको थियो ।
तर विग्रिएर आर्थिक अभावका कारण मर्मत हुन नसकेपछि त्यत्तिकै थन्किएको एम्बुलेन्स गाउँपालिकाले मर्मत गरी आफ्नै मातहत संचालन गर्न थालेको जलजला गाउँपालिकाका प्रमुअ प्रशासकिय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो ।
शर्माका अनुसार जलजला गाउँपालिकाका अधिकांस वडाहरु शहरोन्मुख ग्रामीण क्षेत्रमा रहेका छन् । ती क्षेत्रका मानिहरु सुत्केरी व्यथा लागेमा, वा अन्य कुनै खालको विरामी परेमा पनि तत्काल सवारीसाधन नपाउँदा थुप्रै खालका सास्ती व्यहोर्दै आएका छन् सोहि अवस्थालाई मध्यनजर गरी गाउँपालिकालेनै एम्बुलेन्स संचालन गरेको हो ।
शर्माका अनुसार विग्रिएर थन्किएको एम्बुलेन्स झण्डै रु एक लाख रुपैयाको लगानीमा संचालनमा ल्याईएको शर्माले बताउनुभयो । यसले गाउँपालिकाका ९ वटै वडा तथा बेनी–मालढुंगा सडकमा हुने दुर्घटना लगायत छिमेकी जिल्ला म्याग्दी, बागलुङ र पर्वतका विभिन्न पालिकाहरुका बासिन्दाहरुलाई सहज रुपमा सेवा दिने भएको छ ।
गाउँपालिकाले संचालन गरेपनि एम्बुलेन्स सेवा लिनेहरुका लागि भाडादर समेत कायम गरिएको छ । जलजलादेखि पोखरासम्मको भाडादर रु. ३ हजार पाँच सय कायम गरिएको छ भने अन्यत्र किलोमिटरका हिसावले दररेट समेत निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ ।
नागरिकहरुलाई सर्वसुलभ रुपमा सेवा दिने उद्धेश्यले गाउँपालिका आफैले एम्बुलेन्स सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । उहाँका अनुसार कसैलाई एम्बुलेन्स आवश्यक परेमा गाउँपालिका वा चालकलाई सम्पर्क गरेर सेवा लिन सकिने छ ।
एम्बुलेन्स सेवा संचालनका लागि गाउँपालिकाको वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता देवेन्द्रवहादुर भण्डारीलाई एम्बुलेन्स संचालक समितिको संयोजक तोकिएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’