पर्वतको कुश्मामा टाटा सुमोले स्कुटरलाई ठक्कर दिदा दुई गम्भीर घाइते

पर्वत/ पोखराबाट बागलुङ्ग जाँदै गरेको टाटा सुमोले बिहीबार साँझ कुस्माबजारमा स्कुटरलाई ठक्कर दिदा दुई जना गम्भीर घाइते भएका छन ।
ग १ ज ८५८२ नम्बरको टाटा सुमोले पर्वतको कुस्मा नगरपालिका वडा नं ४ गुप्तेश्वर क्याम्पस नजिक ठक्कर दिदा ध१प ३३९५ नम्बरको स्कुटीमा सवार पर्वतको कुस्मा नगरपालिका वडा नं ४ का ५४ बर्षिय बाबुराम सापकोटा र सोही ठाउँकी १८ बर्षिया शान्ति सुनार गम्भीर घाइते भएका छन ।
घाइते सापकोटा र सुनारको पर्वत जिल्ला अस्पतालमा उपचार भैरहेको छ । सापकोटाको अबस्था गम्भीर रहेको बताइएको छ ।
स्कुटरलाई ठक्कर दिएपछि भागेको टाटा सुमो र चालकलाई प्रहरीले कुस्मा नगरपालिका १ मालढुंगाबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो । यो सातामा पर्वतको कुस्माबजारमा नै भएका तीन वटा सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’