पर्वत उद्योग बाणिज्य संघको ३७ औँ साधारणसभा सम्पन्न , लगानीका लागि अझै सहज वातावरण छैन- गोल्छा


पर्वत / नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अझै पनि लगानीको सहज वातावरण बन्न नसकेको गुनासो गर्नुभएको छ ।
। पर्वत उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाको बुधबार कुश्मामा उद्घाटन गर्दै गोल्छाले दुई तिहाईको सरकारले पनि लगानीका लागि सहज वातावरण बनाउन नसकेको गुनासो गर्नुभएको हो ।
‘उद्योग, व्यवसाय फस्टाउने वातावरण अझै पनि बन्न सकेको छैन’ उहाँले भन्नुभयो ’ उहाँले भन्नुभयो ‘दुई तिहाई बहुमतको स्थिर सरकारले समेत उचित वातावरण बन्न सकेको छैन’ वर्तमान सरकारबाट उद्योगी व्यवसायीहरुले ठूलो सहयोगको अपेक्षा गरेको बताउँदै उहाँले उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।


अहिले कुनै पनि उद्योग स्थापना गर्न जग्गा प्राप्तीमा झण्झट , लगानीको अभाव , वस्तु विक्री नहुने समस्या रहेको सुनाउनुभयो । उहाँले साना व्यवसायीलाई बैँकले ऋण नदिने समस्या रहेको पनि बताउनुभयो । जग्गा प्राप्ती र बन ऐनका कारण पनि उस्तै समस्या हुँदै आएको गोल्छाले बताउनुभयो । संघीयता पछि उद्योग फस्टाउने आशा गरिएपनि स्थानीय तहले लिने करका कारण समस्या देखिएको बताउँदै गोल्छाले सरकारले व्यवसायिक हितमा काम गर्नुपर्ने आवश्यकता औल्यानुभयो ।
बैँकले कुनै पनि व्यवसायका लागि सहज रुपमा ऋण दिने व्यवस्था मिलाउन, बजारको व्यवस्थापन गर्न, कर लगायतका समस्या समाधान गर्न सकेमात्रै उद्योग फस्टाउने गोल्छाले बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले पर्वत जिल्लामा लगानीको ठुलो संभावना भएका कारण लगानीका लागि ब्यबसायीहरुलाई आब्हान गर्नुभयो ।
सो कार्यक्रममा कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले कुस्मामा पर्यटकीय क्षेत्रमा प्रशस्त लगानीको संभावना भएको हुँदा स्थानिय तहबाट गर्न सकिने सबै सहयोग गर्न तयार रहेको छ भन्नुभयो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेल, नेकपा पर्वतका नेता भक्तवहादुर कुँवर , नेपाली काँग्रेस पर्वतका सदस्य कुलप्रसाद पाध्या , प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल , उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सन्जिववहादुर कोईराला, उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवं काठमाण्डौ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख हेमराज सुबेदी, उद्योग बाणिज्य संघ पर्वतका निवर्तमान अध्यक्ष हरीओम शर्मा लामिछाने, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ , कुश्मा नगरपालिका ५ का अध्यक्ष चित्रकला शर्मा भारती, नेपाल पत्रकार महासंघका सचिव गणेश गिरी र जेसिज पर्वतका अध्यक्ष रामु शर्मा लगायतको शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।


साधारणसभामा कै अवसरमा पर्वत उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यबसायी कल्याण कोषबाट प्रकोप पिडीत तथा गम्भीर स्वास्थ्य समस्या झेल्दै आएका ब्यबसायीहरुलाई सहयोग गरिएको थियो । अध्यक्ष,महासचिव, कोषाध्यक्ष लगायतले प्रस्तुत गरेका प्रतिबेदन उपर छलफल भएको छ । साधारणसभामा आगामी कार्यक्रमका बारेमा पनि छलफल भएको छ । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पनि अध्यक्ष शर्माले नै गर्नुभएको थियो भने सञ्चालन महासचिव गणेश लामिछानेले र धन्यबाद ज्ञापन बरिष्ठ उपाध्यक्ष गोपी अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’