अखिल नेपाल किसान महासंघ पर्वतको सपथ ग्रहण कार्यक्रम -कडा परिश्रम र लगनशिलताले मात्रै कृषिको विकास सम्भव छ– हमाल

पर्वत/नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज गुप्तबहादुर हमालले कडा परिश्रम र लगतशिलताले मात्रै कृषिक्षेत्रको विकास सम्भवहुने बताए । अधिकांश जनता कृषिपेशामा नै निर्भर रहेकाले मिहिनेत, परिश्रम र लगनशिलता कृषिबाट आर्थिकस्तर वृद्धिगर्न नसक्ने बताउदै राज्यले बास्तविक मिहिनेती र परिश्रमी किसानहरुलाई प्रत्साहनगर्नुपर्ने धारणा राखका छन् ।
अखिल नेपाल किसान महासंघ जिल्ला समन्वय समिति पर्वतको कुश्माबजारमा मंगलबार प्रथम बैठक तथा सपथग्रहण गराउदै कृषिक्षेत्रलाई परम्परागतखेतीप्रणालीबाट आधुनिकखेती प्रणाली अपनाउनुपर्ने बताउदै राज्यले यसको लागि हरदम प्रयासरत रहेको बताए ।

हमालले देशको आर्थिक अवस्था सुदृढबनाउन कृषिक्षेत्रको विकासको लागि अनुदानका कार्यक्रम आएपनि उत्साहपूर्णरुपमा सफलहुन नसकेको बताउदै झोले कृषक नभई बास्तविक कृषक हुन आग्रह गरेका छन् । उनले राष्ट्रको आर्थिकविकासका लागि कृषिफार्महरुको विकासकालागि चक्काबन्दीका कार्यक्रमलाई सरकारले प्राथमिकताकासाथ लागुगर्नुपर्ने बताए । हमालले कृषिमा देखिएका समस्याहरु कृषकहरुको माग अनुसार सम्बोधनगर्न जरुरी रहेको बताए ।
कार्यक्रममा नेकपाका प्रदेश सदस्यद्वय मेघनाथ सुवेदी, देवेन्द्रराज पाण्डे, नेकपाका सचिवालय सदस्य गोविन्द गिरी पहाडी,अखिल नेपाल किसान महासंघ केन्द्रिय सचिवालय सदस्य रामबहादुर ढकाल, केन्द्रिय सदस्य ऋषिराम भूषाल आ–आफ्ना धारणा राखेका थिए । अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष बलराम भूषालको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज मनबहादुर पौडेलको स्वागत र सन्चालन अखिल नेपाल किसान महासंघका फलेवास नगरपालिकाका संयोजक रुपक भट्टले संचालन गरेका थिए । कार्यक्रममा दुई संगठनको एकतापछि अखिल नेपाल किसान महासंघका नगरपालिका तथा गाउँपालिकाका संयोजक तथा सह–संयोजकहरुले सपथग्रहण गरेका छन् ।