कर्णालीमा तुइन तर्न १०० रुपैयाँ !

हुम्ला /सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो।

हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि अझै विकल्प छैन। कर्णाली नदी तर्न बोक्चेगौडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ। त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रुपैउयाँ तिरेर।

सय रुपैयाँ तिरेर तुइबाट वारिपारि गर्नेहरुले सामान तारेबापत थप ५० रुपैयाँ तिर्नुपर्छ। कर्णाली नदीमा बाह्रै महिना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन। खार्पुनाथका अधिकांश वडाका बासिन्दाले गाउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइबाट कर्णाली तर्नेपर्छ।

उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका बासिन्दा याङ्चु र छिमेकी जिल्लाहरु जुम्ला, बाजुरा पुग्ने गरेको समाचार कान्तिपुर दैनिकमा छ। स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदै दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन्।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’