आरएनएको केन्द्रिय मानार्थ परिषद सदस्यमा पर्वतका पुरन गिरी मनोनीत

पर्वत । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय मानार्थ सदस्यमा पर्वतका पुरन गिरी मनोनित हुनुभएको छ ।
पर्वतको कुश्मा जन्मिएर लामो समयदेखी यूकेमा बस्दै आउनु भएका गिरीलाई यूरोप क्षेत्रबाट एनआएनएको केन्द्रिय मानार्थ परिषद सदस्यमा मनोनित गरेको हो ।
संघका केन्द्रिय अध्यक्ष कुमार पन्तले मानार्थ परिषद संघको विद्यानको धारा १७ (८) अन्तर्गतको अधिकार प्रयोग गदै गिरीलाई केन्द्रिय मानार्थ सदस्यमा मनोनित गर्नुभएको हो । गिरी अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष समेत हुनुहन्छ । लामो समयदेखी एनआरएनएको सदस्य बन्नुभएको गिरीलाई गैरआवासीय संघ यूकेकाे सल्लाहकारमा समेत चयन गरिएको छ । उहाँले आफुलाई योग्य ठानेर एनआरएनए जुन जिम्मेवारी दिएको छ, त्यो कुशलता पूर्वक निर्वाह गर्ने बताउनु भयो ।