मध्यराति सिन्धुपाल्चोकको प्रहरी चौकीमा आक्रमण, चौकी प्रमुखसहित दुई प्रहरी घाइते

सिन्धुपाल्चोक । शनिबार मध्यराति अज्ञात समूहले सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको छ ।

अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर घाइते भएका छन् । झा प्रहरी चौकीका प्रमुख समेत हुन् ।

१०÷१२ वटा मोटरसाइकलमा आएको समूहले मध्यराति १ः३० बजे एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए ।

प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको एसपी महर्जनले रातोपाटीलाई जानकारी दिए । एसपी महर्जन पनि रातारात आफै घटनास्थलमा खटिएका छन् ।

आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकीमा किन, कसले आक्रमण गर्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’