नारायण माबिमा बिद्यालय ब्यबस्थापन समिति गठनमा केही अभिभावकै असहमति

पर्वत / पर्वतको सदरमुकाम कुस्माबजार स्थित नमुना बिद्यालय नारायण माध्यामिक बिद्यालयको ब्यबस्थापन समिति गठन प्रकृयाप्रति केही अभिभावकले असहमति जनाएका छन ।
बिद्यालय ब्यबस्थापन समितिमा मनोनित सदस्य चयन गर्दा सहमति बिपरित अन्य ब्यक्तिलाई चयन गरेको भन्दै असन्तुष्ट अभिभावकले बिरोध गरेका हुन ।
प्रल्हाद गिरीले पत्रकार सम्मेलन गरेर बिरोध गरेका छन । २०७६ साल पौष १३ गते भएको व्यवस्थापन समितिको छनौट प्रक्रियाका क्रममा गिरीलाई मनोनित सदस्यमा ल्याउने सहमति भएको तर सहमति बिपरित पूर्व प्रधानाध्यापक बसन्तबहादुर सिकेलाई मनोनित गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । पौष १३ गते बसेको अभिभावकहरुको भेलाले पदेन सदस्यमा वडा नं ४ की अध्यक्ष मिना कर्माचार्य, सदस्यहरुमा सीतादेवी चापागाई गौडेल, सरस्वती शर्मा पोखरेल, कमलनाथ पोखरेल, कृष्ण प्रसाद शर्मालाई सहमतिका आधारमा निर्वाचित गरेको थियो भने मनोनित सदस्यमा प्रल्हाद गिरीलाई राख्ने सहमति समेत भएको थियो । पछि बैठक बस्दा अन्य ब्यक्तिलाई ल्याउने काम भएकोले उक्त निर्णयको बिरोध गर्नुपरेको अभिभावक योगराज गिरीले बताउनुभयो । मनोनित सदस्य बसन्तबहादुर सिकेलाई बिद्यालय ब्यबसथापन समितिको अध्यक्ष समेत बनाइएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’