कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टरको मृत्यु

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने एक डाक्टरको कोरोना भाइरस संक्रमणबाटै मृत्यु भएको छ ।

वुहान सेन्ट्रल अस्पतालका आँखा विशेषज्ञ डाक्टर ली वेनलियाङ्गको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ ।

उनको स्वास्थ्यबारे विरोधाभासपूर्ण खबरहरु आइरहेका थिए । पछि वुहान सेन्ट्रल हस्पिटलले सामाजिक सन्जालमार्फत् उनको स्थिति गम्भीर रहेको भन्दै उनलाई जोगाउन हरसम्भव कोसिस गरिरहेको जानकारी दिएको थियो । पछि सरकारी आदेशअनुसार उनका स्वास्थ्य रिपोर्टहरु सार्वजनिक गरिएको थियो ।

चीनको सरकारी मिडियाका अनुसार डाक्टर लीले ३० डिसेम्बरकै दिन आफ्ना साथी डाक्टरहरुलाई सार्स जस्तै भाइरसका संक्रमित विरामीहरु आफूले देखेको बताएका थिए । तर, स्थानीय प्रहरीले उनलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो ।

अन्ततः डाक्टर लीले भनेकै कुरा पुष्टि भयो । निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

३४ वर्षीय लीलाई चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले ‘हिरो’को संज्ञा दिइरहेका छन्, जसले सही समयमै मानिसहरुलाई सतर्क गराउने काम गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’