अपांङ्गलाई घरमै पुगेर परिचयपत्र

पर्वत/ शारीरिक रुपमा पूर्ण अपाङ्गता भएकी गुमा भुसालको परिचय पत्र लिएर घरमै आएकी उपमेयरलाई देखेपछि आँशु झारिन् । हिंडडुल मात्र नभई बोल्न समेत नसक्ने फलेवास नगरपालिका वडा नं ३ साविक-२ विष्टपानीकी ४५ बर्षिय भुसालाई नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीेले घरमै पुगेर परिचय पत्र दिएकी हुन् ।

अरुको सहारामा बाँचिरहेकी भुसालले अब परिचय–पत्र पाएपछि मासिक तीनहजार रुपैयाँ भत्ता पाउने र उनले पाउने मासिक भत्ताले उनलाई राहत हुने भन्दै उप–मेयर अधिकारीले भनिन् ‘शारीरिक रुपमा पूर्ण अशक्त भुसालको परिचयपत्र घरमै लगिदिएकी हुँ ।’

पारिवारिक अवस्था कमजोर रहेकी गुमा भुसाल सानो छँदा सपाङ्ग भएपनि पछि पूर्ण अपाङ्गताको जीवन व्यतित गर्दै आइरहेकी छिन् ।

गुमा भुसालजस्ता पूर्ण अपाङ्गता भएका धेरै व्यक्तिहरुले परिचय–पत्र पाउन कष्ट पाईरहेको गुनासो सुनाईरहँदा परिचय–पत्र बोकेर अपाङ्ग व्यक्तिको घरमा उप–मेयर आउँदा जनप्रतिनीधिको वास्तविक अनुभूति गरेको आफन्तको भनाई छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’