आमा जीउँदै -श्रीमान र छोराले गरे अन्तिम संस्कार

ऐजेन्सी । भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्रमा एउटा अनौठो घटना घटेको छ । तेलो थानाका स्थानीय राजिव कुमारले जिउँदै रहेकी आफ्नी श्रीमतीको हिन्दु रिति–रिवाज अनुसार अन्तिम संस्कार गरेका छन् ।

३२ वर्षीया श्रीमतीले आफूलाई धोका दिएर प्रेमीसँग भागेपछि उनले यस्तो कार्य गरेका हुन् । केही समय यता लुकीछुपी पर पुरुषसँग अनैतीक सम्बन्ध बनाइरहेकी राजिवकी श्रीमती अन्त्यमा प्रेमीसँग भागेकी हुन् । उनी अहिले आफ्ना प्रेमीसँग राँचीमा बसिरहेकी छिन् । आफूले विश्वास गरेकी श्रीमतीबाट धोका पाएपछि राजिवले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर विधिपूर्वक अन्तिम संस्कार गरेका छन् । यस्तै राजिवका छोराले आफ्नी आमाको पुत्लालाई आगो लगाएका हुन् ।

आफ्ना लागि श्रीमतीको मृत्यु भइसकेको बताउँदै राजिवले भने, ‘अब मेरो उनीसँग र उनको मेरो परिवारका कोही पनि सदस्यसँग कुनै सम्बन्ध छैन । मेरी श्रीमती दुई सन्तानकी आमा हुँदासमेत गाउँकै एक व्यक्तिसँग जनवरी ४ मा घरबाट भागिन् ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’