लायन्स क्लव अफ कुश्मा सिटीद्धारा मृगौलापिडित परियारलाई आर्थिक सहयोग

पर्वत/ पर्वतमा सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ कुश्मा सिटीको दशौ स्थापना दिवस सम्पन्न भएको छ ।
क्लवले स्थापना दिवसको अवसरमा मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ भने क्लवका संरक्षकहरुलाई सम्मान गरिएको छ ।
क्लबले दुवै मृगौला फेल भएर राधानीमा उपचार गराईरहेका पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका विष्णु परियारलाई आर्थिक सहयोग गरेको हो । स्थापना दिवसको अवसरमा रु ५० हजार ८ सय ५५ रुपैया सहयोग गरिएको हो र शिवालय उच्च माविका पूर्व विद्यार्थीहरु इश्वर र रोशनले संकलन गरी पठाएको ३२ हजार ८ सय ५५, लायन्स क्लव अफ कुश्मा सिटीको तर्फवाट रु १५ हजार र लायन्स क्लव अफ शिवालयका संस्थापक दुर्गाप्रसाद श्रेष्ठको तर्फवाट रु ३ हजार सहित उक्त रकम ५० हजार ८ सय ५५ रुपैयासहयोग गरिएको हो । विष्णुकी श्रीमती तथा शिवालय माविको २०५८ सालको एसएलसी परिक्षाकी सहकर्मि लक्ष्मी परियारलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा को चिफ एडभाईजर बसन्तकुमार कर्माचार्य, सिनीयर एड्भाईजर काशीकुमार जोशी, क्लष्टर चिफ विषमकुमार श्रेष्ठ, लायन्स क्लव अफ शिवालयका संस्थापक दुर्गाप्रसाद श्रेष्ठ, एओजी लेखनाथ उपाध्याय, कुश्मा सिटीका संस्थापक अध्यक्ष सरस्वती भण्डारी र लायन्स क्लव अफ शिवालयका अध्यक्ष डिल्लीराम शर्मा लगायतले बोल्नुभएको थियो ।
लायन्स क्लव अफ कुश्मा सिटीका अध्यक्ष मञ्जु शिलाकारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्इक्ष सिता शर्मा सुवेदी र संचालन सचिब प्रभारत्न श्रेष्ठ जोशीले गर्नुभएको थियो ।
यस अघि पनि शिवालय माविका २०५८ सालको एसएलसी व्याचका विद्यार्थीहरुले रु २० हजार रुपैया मृगौला पिडित परियारलाई सहयोग गरेका थिए ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’