झण्डै ६ करोडको कारोबार गरी एतिहासिक छैटौ पर्बत महोत्सब सकियो

पर्बत/ पर्वतको कुश्मास्थित बडागाउँ खेलमैदानमा सञ्चालन भएको छैटौं पर्वत महोत्सव आज सम्पन्न भएको छ । महोत्सव झण्डै ६ करोड बढीको कारोबार गरी सम्पन्न भएको हो । महोत्सबमा डेढ लाख दर्शकहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरि पर्यटन प्रवर्दन र स्थानीय उत्पादनहरुको प्रचारप्रसार गर्न भन्दै उद्योग वाणिज्य संघ पर्वतले महोत्सव आयोजना गरेको थियो । महोत्सवको आज गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले समापन गर्नुभयो । महोत्सव समापन गर्दै प्रदेश प्रमुख शेरचनले देशको समृद्धि र विकासका लागि घरेलु तथा साना उद्योगहरुको ठूलो भूमिका हुने बताउनुभयो । उद्यमको बिकासले नै देशले आर्थिक समृद्धि हासिल गर्ने शेरचनको भनाई छ । नेपाल सरकारले मनाईरहेको नेपाल भ्रमण वर्ष र प्रदेश सरकारले मनाईरहेको आन्तरिक भ्रमण वर्षलाई सफल बनाउन आफ्नो क्षेत्रमा रहेको पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्न पनि उहाँले स्थानीयलाई आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलले महोत्सवले पर्वतको समृद्धि र विकासमा ठूलो योगदान गरेको धारणा राख्नुभयो । उहाँले पर्वत महोत्सव व्यवस्थापकिय हिसावले पनि निकै सफल भएको बताउनुभयो । कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले पर्वत महोतसवले स्थानीय उत्पादनहरुको प्रचार प्रसार र जिल्लाका पर्यटकिय क्षेत्रहरुको पहिचान विश्वभर पु¥याउन सहयोग गरेको बताउनुभयो । उहाँले व्यवसायिक एकतामा जोड दिनुभयो । कार्यक्रममा एनआरएन सल्लाहकार गोबिन्द सुबेदी उद्योग वाणिजय संघका निवर्तमान अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो । उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव गणेश लामिछानेले गर्नुभएको थियो । महोत्सव समापनका अवसरमा विभिन्न प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिएको छ । महोत्सवमा उत्कृष्ठ झाँकी प्रदर्शनमा पुन यूवा क्लवलाई पुरस्कार वितरण गरिएको छ । रत्यौली प्रतियोगितामा नमूना पिपलटारी महिला समूह पहिलो, सहनशिल आमा समूह खरेहा दोस्रो, प्रष्तिशिल आमा समूह देउपूर तेस्रो र खुशीयाली महिला समूह कुश्मा सान्त्वना हुँदै पुरस्कार प्राप्त गरेको छ । विद्यालय स्तरिय नृत्य प्रतियोगितामा नारायण मावि पहिलो, कालीगण्डकी एकेडेमी कुश्मा दोस्रो, जनताधन मावि बलेवा तेस्रो र नवजागृत मावि तिलाहार सान्त्वना भएको छ । लोकभजन तर्फ अमलाचौर भजन समूह पहिलो, फलेवास नगर भजन समूह दोस्रो, गहतेपोखरा पिपलटारी भजन समूह तेस्रो र गौरीधाम भजन समूह सान्त्वना हुँदै पुरस्कृत भएको छ । उत्कृष्ठ स्टल, उत्कृष्ठ उद्यमी,उत्कृष्ठ खेलाडी, सहयोगी र पत्रकारहरुलाई सम्मान गरिएको छ । महोत्सवको मुख्य प्रायोजक प्रभु बैंक रहेको थियो भने नेपाल पर्टन बोर्ड प्रर्बद्धक रहेको थियो । महोत्सवमा २ सय भन्दा बढी स्टल रहेका थिए । जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र लघुउद्यमको विकासको लागि महोत्सव सफल भएको आयोजकले बताएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’