गजल

-अनु शाह

उनको सम्झी मेरो आँचल समाउँछौ किन ?
टाढा बस्ने जून लाई हेर्दै रमाउँछौ किन ?

म नै तिम्रो कादम्बरी, दामिनी र सखी
एउटा मुटु सबैलाई थमाउँछौ किन ?

मेरै रुप छ उर्वशी, रुचिरता र राधिका
आफैलाई गुण्डा बदमास भनाउँछौ किन ?

अन्योलमा आफ्नो जीवन हराउँदा पनि
जगत जीतें भन्दै उत्सब मनाउँछौ किन ?

अमेरिका

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’