आर्थर डाडाँखर्क सहयोग समिति हङकङको २० औ बार्षिकोत्सब तथा भेटघाट कार्यक्रम सम्पन्न

हङकङ/ अर्थर डाँडाखर्क सहयोग समिति हङकङको २० औ बार्षिक उत्सव तथा भेटघाट कार्यक्रम भब्य समारोहका बिच सम्पन्न भएको छ ।
पोखरा महानगरपालिकाकी उपमेर मञ्जु गुरुङ्गको प्रमुख आतिथ्यतामा हङकङको जोर्डन स्थित ल्बु ओशेन रेष्टुरेन्ट एण्ड बारको हलमा बार्षिक उत्सब तथा भेटघाट कार्यक्रम सम्पन्न भएको होे ।
कार्यक्रमको पोखरा महानगरपालिका उपप्रमुख मञ्जु गुरुङ्गले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपमेयर गुरुङ्गले अ कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गर्दै स्वदेश वा बिदेशमा जहाँ भएपनि आफनो मौलिक कला, पहिचान र संस्कृती जोगाउन आग्रह गर्नुभयो । बिदेशमा भए पनि आफनो गाँउको बिकाश र सामाजिक सेवामा निरन्तर लागि रहनुपर्छ भन्दै उहाँले आर्थर डाडाँखर्क सहयोग समितिले उल्लेख्य रुपमा सामाजिक सेवा गरेकोमा प्रसँशा गर्नुभयो । समितिका पुर्व अध्यक्ष द्वय अर्जुन गुरुङ र श्यामप्रसाद गुरुङले कार्यक्रमको सफलताको शुभकामना दिदै आर्थर डाडाँखर्कको बिकासका लागि अझै क्रियाशिल हुन आग्रह गर्नुभयो ।

आर्थर डाडाँखर्क सहयोग समितिका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सुरेन्द्र गुरुङ्ग र सञ्चालन सचिब शिवराज गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा नयाँ सदस्यहरुलाई स्वागत तथा खदाबाट सम्मान गरिएको थियो । कार्यक्रममा गायक रक्षा गुरुङ्गले एकल प्रस्तुती सहित कार्यक्रमको माहौल संगीतमय बनाउनुभएको थियो भने लोकनृत्यहरु समेत प्रस्तुत गरिएका थिए । यस्तै यो बर्ष तमु जातिहरुको ल्हो बारे शान्ति पुजा समाजकै धर्म गुरुहरु तेजबहादुर लामा र तिलबहादुर लामाबाट गरिएको थियो । कार्यक्रममा समितिले सञ्चालन गरेको उपहार चिठ्ठा सुनको सिक्री , सुनको औँठि , मोबाईल , आकर्षक उपहार चिठ्ठा पनि बितरण गरिएको थियो ।


