समुह चरणका खेलमा तीन टिम बिजयी

पर्वतको कुश्मामा भैरहेको अन्तर पालिकास्तरीय भलिबल प्रतियोगितामा आईतबार पनि लिग चरणका खेलहरु भएका छन ।
पर्वत महोत्सबको अवसरमा आयोजित प्रतियोगितामा आइतबार तीन वटा समुह बिच प्रतिस्पर्धा भएको छ । अन्तर पालिकास्तरिय भलिवल प्रतियोगितामा आज कुश्मा नगरपालिका र मोदी गाउँपालिका बिच भएको पहिलो खेलमा कुश्मा नगरपालिका बिजयी भएको छ । उद्योग वाणिज्य संघ र बिहादी गाउँपालिका बिचको प्रतिस्पर्धामा उद्योग वाणिज्य संघ बिजयी भएको छ । कुूस्मा नगरपालिका र गल्कोट नगरपालिका बिच भएको खेलमा गल्कोट नगरपालिका बिजयी भएको छ । भोली सोमबार पहिलो खेल पैयु गाउँपालिका र महाशिला गाउँपालिका बिच हुनेछ भने दास्रो खेल मोदी गाउँपालिका र फलेबास नगरपालिका बिच हुनेछ । त्यसैगरी तेस्रो खेल महाशिला गाउँपालिका र उद्योग वाणिज्य संघ बिच प्रतिस्पर्धा रहने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पर्वतको फलेबासमा नगरसभा सम्पन्न हुन सकेन -यस्तो छ बिबादको कारण

कुश्मा नगरपालिकाको आगामी बजेट ८९ करोड ९० लाख

जलजलाको आगामी बजेट : शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता

प्रचण्डले ‘आरोपपत्र’ फिर्ता लिएको भए नेकपा जोगिन्थ्यो : वामदेव गौतम

मोदी गाउँपालिकाको आगामी बजेट ७३ करोड ५२ लाख