पर्वत महोत्सबमा आएका रामकृष्ण ढकाल- दर्शकलाइ धरधरी रुवाए (फोटो फिचर सहित)


पर्वत
माघ महिनाको चिसो रात, खुल्ला चौरमा दर्शकहरुको बाक्लो उपस्थिति थियो । चिसो रातमा लोकप्रिय गायक रामकृष्ण ढकालले दर्शकलाई नचाएनन मात्रै आफुँ पनि रोए र दर्शकलाई धरधरी रुवाए ।
पर्वत महोत्सबमा शनिबार भएको एकल प्रस्तुती दिएका ढकालले पर्वतेलीहरुलाई कुनै गीतमा रुवाए त कुनै गीतमा हसाए । पहिलो पटक पर्वत आएका ढकालको एकल प्रस्तुतीमा आफुँले आँशु खसाले , भने दर्शकहरु त धरधरी रोएका थिए । ‘मलाई यो जीन्दगीले कहाँ पु¥यो, कहिले हसाँयो, कहिले रुवायो’ भन्ने गीतमा उनी पनि भावुक बने, एउटा हातले आँखाको आँशु पुछे दर्शक दीर्घामा बसेका धेरैका आँशु झारे ।







